
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्कपमल दाहालको सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ।
सुवेदीले सामाजिक सञ्जालमार्फत दाहालको निवासमा आगलागी हुनुभन्दा दुई दिन पहिले दुई ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भनी प्रचार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो। सचिवालयले उक्त दाबी पूर्ण रूपमा गलत र तथ्यहीन भएको भन्दै सुवेदीले पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या र भ्रम फैलाउने उद्देश्य राखेको जनाएको छ।
उजुरीमा उल्लेख
सचिवालयले उजुरीमा भनिएको छ:
“डिजिटल माध्यममार्फत गलत सूचना प्रवाह गरी भ्रम सिर्जना गर्नु र चरित्रहत्या गर्नु गम्भीर साइबर अपराध हो। त्यसकारण देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराध ऐनअनुसार कानुनी अनुसन्धान र कारबाही गरियोस्।”
साइबर ब्यूरोले उजुरी दर्ता गरी प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिइएको छ।