Join our Channel

जनमत पार्टी फुट्यो, जनस्वराज पार्टीलाई आयोगको मान्यता

जनमत पार्टी फुट्यो, जनस्वराज पार्टीलाई आयोगको मान्यता

डा. सीके राउत नेतृत्वको जनमत पार्टी सात वर्षमै दुई भागमा विभाजित भएको छ। निर्वाचन आयोगले मंगलबार दीपक साह नेतृत्वको जनस्वराज पार्टीलाई दलको मान्यता दिएसँगै जनमत पार्टी औपचारिक रूपमा फुटेको हो।

आयोगका अनुसार साहको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सहित जनस्वराज पार्टी दर्ता गरिएको छ। यसअघि, साउन २२ गते जनमत पार्टीले साहलाई “पार्टीको हितविपरीत गतिविधि गरेको” आरोप लगाउँदै साधारण सदस्यबाटै निष्कासन गरेको थियो।

निर्वाचन आयोगले जनस्वराज पार्टीले माग गरेको झण्डा र छापसम्बन्धी विवरण पनि सार्वजनिक गरेको छ।
जनस्वराज पार्टीको झण्डा नीलो, सेतो र रातो रङको ठाडो धर्का भएको हुनेछ।
छाप गोलाकार आकारको हुनेछ, जसमा पार्टीको नाम अंकित रहने र बीच भागमा निर्वाचन चिह्न रहनेछ।

हालसम्म जनस्वराज पार्टीले कुनै पनि निर्वाचन चिह्नको माग गरेको छैन। आयोगले जनस्वराज पार्टीलाई दर्ता भएका अन्य दलहरूको प्रतीकसँग नबाझिने गरी नयाँ चिह्न प्रस्ताव गर्न निर्देशन दिएको छ।

यो विभाजनसँगै मधेस केन्द्रित राजनीति पुनः नयाँ समीकरणतर्फ मोडिएको छ, जहाँ सीके राउत नेतृत्वको जनमत पार्टी र दीपक साहको जनस्वराज पार्टीबीच राजनीतिक प्रतिस्पर्धा तीव्र हुने देखिन्छ।

Leave a comment