Join our Channel

त्रिवि जग्गा प्रकरणमा कारबाहीको तयारी: मन्त्री महावीर पुनको कडा चेतावनी

त्रिवि जग्गा प्रकरणमा कारबाहीको तयारी: मन्त्री महावीर पुनको कडा चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा हडप प्रकरणमा कडा कदम चालिने बताएका छन्। उनले त्रिविको जग्गा खोजबिन समितिले दिएको प्रतिवेदनका सिफारिसका आधारमा मन्त्रालयले आवश्यक कार्यवाही अघि बढाउने र केही विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) मा पठाइने बताएका हुन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, “त्रिविको जग्गा हड्पेर वर्षौंसम्म नाजायज फाइदा लिइँदै आएको छ। समितिको प्रतिवेदनमा आएका विषयका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्नेछ। मन्त्रालयबाट सल्टाउन नसकिने विषय अख्तियारमा पठाइनेछ।”

मन्त्री पुनका अनुसार, खोजबिन समितिको प्रतिवेदन अपूरो रहेकाले अझ गहन छानबिनको आवश्यकता देखिएको छ। त्यसैले, प्रतिवेदनमा आधारित भएर अर्को छानबिन समिति गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

त्यस्तै, उनले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धित जग्गा हडपिएको भन्ने उजुरी पनि मन्त्रालयमा प्राप्त भएको बताउँदै त्यसको पनि छानबिनका लागि समिति गठन गरिने उल्लेख गरे।

शिक्षा नीतिसम्बन्धी विषयमा बोल्दै मन्त्री पुनले माध्यमिक तहसम्म कम्प्युटर विषयलाई अनिवार्य बनाउने तयारी गरिएको बताए। उनले भने, “अबका विद्यार्थी प्रविधिको विकाससँग अघि बढून् भन्ने उद्देश्यले एक सय पूर्णांकको ‘कम्प्युटर’ विषय थप्ने निर्णय गरिएको छ।”

Leave a comment