Join our Channel

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को जना घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको हो। उनी तार्केश्वर नगरपालिका पुसलका स्थायी बासिन्दा हुन्।

उपचारका क्रममा मृत्यु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, पुतुवारको आज बिहान स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटना आज बिहान करिब ३:४५ बजे घटेको हो। बा.प्र.०२–०५३ प ९६७९ नम्बरको मोटरसाइकल तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउँदै गर्दा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो।

एक जना गम्भीर घाइते

सोही मोटरसाइकलमा सवार २० वर्षीय समिर पुतुवारको हात, खुट्टा, टाउको र छातिमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि पठाइएको ट्राफिक प्रहरीका प्रवक्ता सुवेदीले जानकारी दिए।

Leave a comment