Join our Channel

धापाखेलबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ

धापाखेलबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ

ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार खोटाङको साकेला गाउँपालिका–१ का शिवकुमार बिकलाई गए राति २:५० बजे पक्राउ गरिएको हो।

नगद र मोबाइलसहित पक्राउ

पक्राउ परेका बिक हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्दै आएका थिए।
प्रहरीका अनुसार उनी मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलीले शंका गरेपछि तलासी लिँदा

  • गोली नभएको चाइनिज पेस्तोल (सिरियल नम्बर ५००००४९१)
  • म्याग्जिन थान–१,
  • नगद चार लाख ७८ हजार रुपैयाँ, र
  • मोबाइल फोन
    बरामद गरेको हो।

अनुसन्धान अघि बढ्दै

पक्राउ परेका शिवकुमार बिकलाई हाल प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

Leave a comment