Join our Channel

नेपालमा आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा अहिले कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनका अनुसार, देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
त्यस्तै, राति पनि कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना बढ्ने देखिएको छ।
बंगालको खाडीमा विकसित भइरहेको पानी पार्ने प्रणाली (weather disturbance) ले पूर्वी नेपालमा वर्षा गराउने सम्भावना रहेको बताइएको छ।

Leave a comment