Join our Channel

टोखामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

टोखामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति भारतको मोतिहारी घर भई हाल टोखा नगरपालिका–१ सिमाचौरमा डेरा गरी बस्ने २० वर्षीय राहुल कुमार ठाकुर हुन्।

बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Leave a comment