Join our Channel

अभिनेता विजय बरालले ५७ लाखको विद्युतीय गाडी किने, ‘वरिष्ठ बलराम’पछि मुस्ताङ यात्रा

अभिनेता विजय बरालले ५७ लाखको विद्युतीय गाडी किने, ‘वरिष्ठ बलराम’पछि मुस्ताङ यात्रा

नेपाली फिल्मका लोकप्रिय अभिनेता विजय बरालले हालै आफ्नो पहिलो चारपांग्रे सवारीसाधनका रूपमा विद्युतीय गाडी खरिद गरेका छन्। करिब ५७ लाख रुपैयाँ मूल्य पर्ने प्रोटोन (Proton) ब्रान्डको ईभी गाडी उनले केही समयअघि लिएका हुन्।

बरालले हालै अनलाइनखबरसँगको कुराकानीमा भने, “केही समय भयो, अहिले विद्युतीय गाडी लिएको छु। तर अहिले चलाउने मान्छे नभएकाले मण्डलामै राखेको छु।”

बराल अहिले चर्चित फिल्म ‘कबड्डी ५’ को छायांकनका लागि मुस्ताङतिर गइरहेका छन्। हालै प्रदर्शनमा आएको उनको फिल्म ‘वरिष्ठ बलराम’ पनि हलमा प्रदर्शन भइरहेका बेला उनले नयाँ गाडी खरिद गरेका हुन्।

बरालसँगै ‘पूर्णबहादुरको सारंगी’ फिल्ममा अभिनय गरेका अभिनेता मुकुन भुसालले पनि हालै नयाँ गाडी खरिद गरेका छन्। पछिल्लो समयमा नेपाली कलाकारहरूबीच विद्युतीय सवारीसाधनप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिन्छ।

Leave a comment