Join our Channel

बाइकको फोटो खिच्ने घटनामा माग्ने बुढाले मागे माफ़ी

बाइकको फोटो खिच्ने घटनामा माग्ने बुढाले मागे माफ़ी

अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ सामाजिक सञ्जालमा फोटो पोष्ट गरेपछि विवादमा तानिएका छन्। ३ कात्तिकमा उनले फेसबुकमा एउटा फोटो पोष्ट गर्दै लेखेका थिए, “दुबैजनाले हेलमेट लगाउँदा पनि रोक्नुको कारण के हुनसक्छ? अनुमान लगाउनूस।”

उक्त फोटोमा ट्राफिक प्रहरीले हेलमेट लगाएका दुई युवायुवतीलाई रोकिरहेको देखिन्छ। पोस्टसँगै उनले “ट्राफिक नियम पालना गरौं” र फिल्म ‘जेरी अन टप’ ह्यासट्याग प्रयोग गरेका थिए।

तर, केही समयमै उक्त फोटो सामाजिक सञ्जालमा गलत अर्थमा भाइरल बनाइयो। कतिपयले “धरानमा ट्राफिकले आफ्नी श्रीमतीलाई अर्काको बाइकमा भेटे” भन्ने झूटा कथा बनाएर सेयर गर्न थाले।

यस घटनाले निकै विवाद उत्पन्न भएपछि माग्ने बुढाले सार्वजनिक रूपमा माफी मागेका छन्। उनले लेखेका छन् —

“म जनचेतनामूलक सन्देशका लागि फोटो पोस्ट गरेको थिएँ। तर, त्यसबाट कसैको मानमर्दन भएको रहेछ भने क्षमाप्रार्थी छु।”

उनको पोस्टमा धेरैले प्रतिक्रिया दिएका छन्।
थोमस तेजु नामक प्रयोगकर्ताले लेखेका छन्, “कलाकारिता ठीक छ तर, हर्कत अलि बढी उरेन्ठाउलो।”
त्यसैगरी कृष्ण ढकालले टिप्पणी गरेका छन्, “अरुको फोटो अनुमति बिना पोस्ट गर्नु शोभा दिँदैन। यो साइबर अपराधसमेत हो।”

सामाजिक सञ्जालमा बिना अनुमति फोटो वा भिडियो प्रयोग गर्नु कानूनी अपराध हुने हुँदा कलाकारदेखि सर्वसाधारणले पनि सचेत रहनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ।

Leave a comment