Join our Channel

कपिलवस्तुमा बस दुर्घटना : पैदलयात्रीको मृत्यु, पाँच जना यात्रु घाइते

कपिलवस्तुमा बस दुर्घटना : पैदलयात्रीको मृत्यु, पाँच जना यात्रु घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा राति बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार, मंगलबार राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाका क्रममा बसले बाटोमा हिँडिरहेका करिब ५५ वर्षका पुरुष पैदलयात्रीलाई ठक्कर दिएको थियो।

उनीलाई तत्कालै चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम ठेगाना भने अहिलेसम्म खुल्न बाँकी छ।

बसमा सवार पाँच जना यात्रु घाइते भएका थिए। उनीहरूको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा गरिएको र सबैको अवस्था सामान्य रहेपछि घर पठाइएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

दुर्घटनापछि बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

Leave a comment