
दमक नगरपालिका–२ पांगिनीचोक नजिक गए राति यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना सवारमध्ये एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटनाग्रस्त भएको थियो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य २० जना उपचारपछि घर फर्किसकेका छन्।
दुर्घटनामा संलग्न बसका चालक भक्तबहादुर दर्जी (३९ वर्ष, मिक्लाजुङ–३, मोरङ)लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।