Join our Channel

गाजा युद्धविराम सम्झौतामा अमेरिकी भूमिका : चिनियाँ राष्ट्रपति सी जिनपिङले डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए

गाजा युद्धविराम सम्झौतामा अमेरिकी भूमिका : चिनियाँ राष्ट्रपति सीले ट्रम्पलाई धन्यवाद दिए
Getty Images

चिनियाँ राष्ट्रपति सी जिनपिङले गाजा युद्धविराम सम्झौता सम्भव बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेका छन्। दक्षिण कोरियामा आज दुई नेताबीच भएको भेटमा सीले उक्त सम्झौतामा अमेरिकी पक्षको योगदानको प्रशंसा गरेका हुन्।

राष्ट्रपति सीले भने, “मलेसिया भ्रमणका क्रममा तपाईंले कम्बोडिया र थाइल्याण्ड सीमामा शान्ति सम्बन्धी संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको देख्नुभयो। यसमा तपाईंको पनि योगदान रहेको थियो,” उनले थपे, “चीनले पनि आफ्नो तरिकाले सीमा विवाद व्यवस्थापनमा सहयोग गरिरहेको छ।”

सीले शान्ति प्रक्रियालाई सुदृढ बनाउन अन्य अन्तर्राष्ट्रिय मुद्दामा पनि संवाद र वार्ताको माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

विश्लेषकहरूका अनुसार, गाजा युद्धविराम सम्झौतामा चीन र अमेरिकाबीचको सहयोगीय भूमिका विश्व राजनीतिमा नयाँ सकारात्मक सन्देशका रूपमा लिइएको छ।

Leave a comment