Join our Channel

राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्

राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएका छन्।

पुरुष टोलीको जिम्मेवारी सम्हालेका रसले एन्फा कार्यालयमा राजीनामा बुझाएका हुन्। नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले पनि यसबारे पुष्टि गरेका छन्।

म्याट रसलाई २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो। उनका राजीनामापछि राष्ट्रिय टोलीको प्रशिक्षण र व्यवस्थापनमा नयाँ निर्णयको आवश्यकता पर्ने देखिन्छ।

Leave a comment