
प्रहरीले खैरो हिरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
कपिलवस्तु नगरपालिका–८ कुवा गाउँबाट तौलिहवातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुईजनालाई विशेष सुराकीका आधारमा चेकजाँच गर्दा ७९.६४ ग्राम लागूऔषध हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारतको दुनेथा दमन बस्ने ३९ वर्षीय विनोद कुमार निषाद र सिद्धार्थनगर जिल्ला, मदनहनापुर रामनगर चेतरा पोस्ट बस्ने २७ वर्षीय शिवरतन रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ।
प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार, पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत कपिलवस्तुको आदेशमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।