Join our Channel

हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच सह–प्रायोजन सम्झौता

हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच सह–प्रायोजन सम्झौता

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाली खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ चितवन राइनोजसँग सह–प्रायोजन सम्झौता गरेको छ।

सम्झौतापत्रमा आज काठमाडौंमा आयोजित कार्यक्रममार्फत हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुष न्यौपानेले हस्ताक्षर गरेका हुन्।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस साझेदारीलाई खेल क्षेत्रमा जोखिम व्यवस्थापनको नयाँ दृष्टिकोणका रूपमा लिएको बताएको छ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, खेल क्षेत्रमा विविध जोखिम हुने भएकाले कम्पनीले यस क्षेत्रमा विशेष ध्यान दिने नीति अवलम्बन गरेको हो।

यो सहकार्यबाट खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ।

Leave a comment