
नबिल बैंक लिमिटेड ले आफ्नो अपोइन्टमेन्ट बैंकिङ सेवा अब काठमाडौं उपत्यकाका १३ शाखामा उपलब्ध गराउने भएको छ। यसअघि यो सेवा केवल तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्र उपलब्ध थियो।
बैंकका अनुसार, यस सेवाको विस्तारले सेवा प्रक्रिया अझ ग्राहकमैत्री, डिजिटल र छिटो बन्नेछ। विशेषगरी व्यस्त पेशाकर्मी, व्यवसायी र समय अभाव हुने ग्राहक हरूलाई सहज सेवा दिन यस कदम उठाइएको हो।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली ले भने, “अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तारले ग्राहक र बैंकबीचको सम्बन्ध अझ सुमधुर बनाउनेछ। ग्राहक आफ्नो अनुकूल समयमा सहज सेवा लिन सक्नेछन्।”
यो सेवा अहिले निम्न शाखाहरूमा उपलब्ध हुनेछ:
- कौशलटार
- बौद्ध
- नयाँ बानेश्वर
- मैतिदेवी
- काँडाघारी
- बिजुली बजार
- तीनधारा
- ललितपुर
- घण्टाघर
- कुमारीपाटी
- महाराजगञ्ज
- न्यूरोड
- त्रिपुरेश्वर
अपोइन्टमेन्ट बैंकिङ सेवा मार्फत, ग्राहकले नगद र चेक कारोबार लाई लाइनमा नबसिकनै छिटो र छरितो गर्न सक्नेछन्। डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै, बैंकले आफ्नो बैंकिङ अभ्यासलाई छिटो, प्रभावकारी र सुरक्षित बनाउन योजना बनाएको छ।
ग्राहकले नबिल बैंकको वेबसाइट वा एनबैंक एप मार्फत सजिलै अपोइन्टमेन्ट लिन सक्नेछन्।