Join our Channel

एनपीएलमा आज ठूलो भिडन्त: काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

एनपीएलमा आज ठूलो भिडन्त: काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत आज काठमाडौं गोर्खाजलुम्बिनी लायन्सबीच रोमाञ्चक खेल हुँदैछ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चलिरहेको एनपीएलमा आजको खेल दिउँसो ४ बजे सुरु हुनेछ।

काठमाडौंले अहिलेसम्म खेलेका ३ खेलमध्ये २ मा हार१ खेलमा जित दर्ता गरेको छ। यद्यपि टोलीले प्रदर्शन सुधार गर्दै अंक बटुल्ने लक्ष्य राखेको छ।

लुम्बिनी लायन्सले पनि ३ खेल खेलेको छ, जसमा १ जित२ हार व्यहोरेको छ।

अंक तालिकामा काठमाडौं पाँचौंलुम्बिनी लायन्स छैटौं स्थानमा रहेका छन्। आजको खेल दुवै टोलीका लागि टुर्नामेन्टमा टिक्न महत्वपूर्ण मानिएको छ।

Leave a comment