Join our Channel

सुन–चाँदीको मूल्यमा ठूलो उछाल: तोलामा ३,८०० रुपैयाँले बढ्यो सुन, आज कति पुग्यो भाउ?

सुन–चाँदीको मूल्यमा ठूलो उछाल: तोलामा ३,८०० रुपैयाँले बढ्यो सुन, आज कति पुग्यो भाउ?

स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ३१० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।

Leave a comment