Join our Channel

आज यि ४० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम, सजग रहन मौसमविद्‌को आग्रह

आज यि ४० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम, सजग रहन मौसमविद्‌को आग्रह

आज देशका विभिन्न ४० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार देशभरका केही साना नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले मध्यमदेखि सामान्य बाढीको जोखिम रहेको छ।

महाशाखाका अनुसार झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रौतहट, गोरखा, तनहुँ, कास्की, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर लगायतका क्षेत्रमा बग्ने साना नदीहरूमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले मध्यम बाढीको जोखिम रहेको जनाइएको छ।

यस्तै, मोरङ, सुनसरी, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, अछाम, बझाङ, दार्चुला लगायतका क्षेत्रमा पनि साना नदीहरूमा बहाव बढ्न सक्ने भएकाले सामान्य बाढीको जोखिम रहेको जानकारी दिइएको छ।

बाढीको सम्भावना रहेको यस अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी किनारमा नजान र सुरक्षाको उपाय अवलम्बन गर्न महाशाखाले आग्रह गरेको छ।

सल्लाह:

  • स्थानीय प्रशासनको सूचना पालन गर्नुहोस्।
  • नदी किनार, खोला आसपास नजानुहोस्।
  • आकस्मिक बाढीको सूचना पाउन मिडिया तथा मौसम पूर्वानुमान सेवाको नियमित निगरानी गर्नुहोस्।

Leave a comment