Join our Channel

एसिया कप २०२५ मा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

एसिया कप २०२५ मा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

एसिया कप २०२५ को सुपरफोर चरणमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो।

जवाफमा भारतले ओपनर अभिषेक शर्मा र शुभमन गिलको शतकीय साझेदारीको बलमा १८.५ ओभरमै १७४ रन पूरा गर्दै सहज जित दर्ता गर्‍यो।

अभिषेक र शुभमनको शतकीय साझेदारी

भारतका लागि अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७४ रनको धमाकेदार पारी खेले। उनले शुभमन गिलसँग पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरे। गिलले ४२ रन जोडे।

यद्यपि कप्तान सूर्यकुमार यादव डकआउट भए भने सन्जु सानसन १३ रनमा, तिलक बर्मा ३० रनमा आउट भए। हार्दिक पाण्ड्या भने ७ रनमा अविजित रहे।

पाकिस्तानका बलरमध्ये हरिश रौफले २ विकेट लिए भने अबार अहमद र फहीम अशरफले १-१ विकेट लिए।

पाकिस्तानको इन्निङ

पहिलो इनिङमा पाकिस्तानका ओपनर साहिबजादा फरहानले सर्वाधिक ५८ रन बनाए। उनले ब्याटलाई बन्दुकको संज्ञा दिँदै ‘फायरिङ’ शैलीमा गरेको सेलिब्रेशनले चर्चा पायो।
अन्य ब्याटरमध्ये फकर जमानले १५, सैम अयुबले २१, मोहम्मद नवाजले २१ र कप्तान सलमान आघाले १७ रन बनाए।
फहीम अशरफले अन्तिमतिर ८ बलमा २० रन प्रहार गर्दै स्कोर १७१ पुर्‍याउन मद्दत गरे।

भारतका लागि बलिङतर्फ शिवम दुबेले २ विकेट, हार्दिक पाण्ड्या र कुलदिप यादवले १-१ विकेट लिए।

अबको खेल

सुपरफोर अन्तर्गत सोमबार कुनै खेल हुने छैन। मंगलबार पाकिस्तान र श्रीलंकाबीच तेस्रो खेल हुनेछ।

Leave a comment