Join our Channel

बिर्तामोडमा बाँसको प्रहारबाट युवकको हत्या, दुई अभियुक्त फरार

बिर्तामोडमा बाँसको प्रहारबाट युवकको हत्या, दुई अभियुक्त फरार

झापाको बिर्तामोडमा बाँसले प्रहार गरी एक युवकको निर्दय हत्या गरिएको छ।
घटना बिर्तामोड नगरपालिका–५ कञ्चनजङ्घा एफएम नजिक बिहीबार साँझ करिब साढे ६ बजे भएको हो।

स्थानीय ३२ वर्षीय जोगेन राजवंशीलाई दुई अपरिचित युवाले कन्चटमा बाँसले हिर्काएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका राजवंशीलाई तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल, झापा पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीको खोजतलास जारी

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडजिल्ला प्रहरी कार्यालय झापाबाट संयुक्त टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार, हत्यामा संलग्न दुई जना अपरिचित युवक फरार छन् र उनीहरूको पहिचान गरी खोजतलास तीव्र पारिएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडदेखि करिब ५ सय मिटर दक्षिणमा घटना भएको र घटनास्थलमा प्रमाण संकलन र अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

स्थानीयको आक्रोश

हत्या प्रकरणपछि स्थानीयवासीले अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
घटनापछि बिर्तामोड क्षेत्रको सुरक्षामा पनि प्रहरी सतर्कता बढाइएको छ।

Leave a comment