
क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि लगाउन लागिएको डिजिटल सेवा करको योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच पुनः व्यापार वार्ता सुरु हुने भएको छ।
क्यानाडाको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यस विषयमा वार्ता गर्न सहमति भएको छ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकी ठूला प्रविधि कम्पनीहरूमाथि कर लगाउने तयारी गरेको भन्दै व्यापार वार्ता रोकिएको आरोप लगाएका थिए।
सालको सुरुमा अमेरिका र क्यानडाबीच व्यापार तनाव देखिएको थियो, जसअनुसार दुबै देशले एकअर्काको सामानमा कर लगाएका थिए।
क्यानाडाले भने, ‘अमेरिकी प्राविधिक कम्पनीहरूले क्यानाडामा आम्दानी गरे पनि त्यहाँ कर नतिरेको पाइएकाले डिजिटल सेवा कर प्रस्ताव गरिएको हो।’ तर, सरकारको प्राथमिकता भने सबै मुलुकमा एउटै कर प्रणाली लागू गर्ने अन्तर्राष्ट्रिय सम्झौता रहेको जनाइएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार क्यानडाले अमेरिका लगायतका अन्य साझेदार देशहरूसँग मिलेर साझा डिजिटल कर प्रणाली विकास गर्ने कार्य जारी राखेको छ।