
गौरबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान चितवनमा दुर्घटनामा पर्दा ३३ जना घाइते भएका छन्।
बस भरतपुर महानगरपालिका–९ टिकौली जंगल क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, घाइतेहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल, र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ।
थापाका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि केही समयका लागि अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।