Join our Channel

कांग्रेस संस्थापन पक्षको प्रस्ताव : चुनाव तयारीमा जुट्ने, वैशाखमा महाधिवेशन गर्ने

कांग्रेस संस्थापन पक्षको प्रस्ताव : चुनाव तयारीमा जुट्ने, वैशाखमा महाधिवेशन गर्ने

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख महिनामा पार्टीको १५औँ महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।
नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन आयोजना गर्नुपर्ने निर्णय गरेको हो।

नेता गुरु बरालका अनुसार, आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै आएकोले पार्टीलाई तत्काल चुनावी तयारीमा केन्द्रित हुनुपर्ने निष्कर्ष भेलाले निकालेको छ।

भेलाले पार्टीका सबै तह र संरचनालाई निर्वाचन तयारीमा जुट्न आह्वान गर्दै,

  • पुस १५ भित्र क्रियाशील सदस्य नवीकरण र नयाँ वितरण सम्पन्न गर्न,
  • घरदैलो अभियान र निर्वाचन जागरण कार्यक्रम सञ्चालन गर्न,
  • प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक प्रणालीका उम्मेदवार सिफारिस प्रक्रिया सुरु गर्न सुझाव दिएको छ।

त्यस्तै, अवसर नपाएका र युवालाई प्राथमिकता दिने, साथै क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने विषयमा पनि सहमति भएको नेता बरालले बताए।

Leave a comment