Join our Channel

प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आज बस्दै

प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आज बस्दै

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा बस्नेछ।

बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोग एवं अन्य सरोकारवाला निकायलाई सहभागी हुन आमन्त्रण गरिएको छ। सरकारले चुनाव नजिकिँदै जाँदा सबै निकायसँग निरन्तर परामर्श गर्दै आएको छ।

यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिसकेको छ।
मुख्य राजनीतिक दल— कांग्रेस, एमाले, नेकपा (नेकोपा), रास्वपा तथा मधेस–केन्द्रित अन्य दलहरूले पनि चुनाव केन्द्रित गतिविधि तीव्र बनाएका छन्।

Leave a comment