Join our Channel

सुन र चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँचाँदी तोलामा ७० रुपैयाँले घटेको छ।

सुनको नयाँ मूल्य

अघिल्लो दिन (बिहीबार) प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले घटेर
२ लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको नयाँ मूल्य

बिहीबार प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले घटेर ३ हजार ५५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

सुन–चाँदीको अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढावसँगै स्थानीय बजार मूल्यमा पनि निरन्तर परिवर्तन भइरहने देखिन्छ।

Leave a comment