Join our Channel

नेपाली कांग्रेस बैठक: नेतृत्व हस्तान्तरणबारे छलफलै भएन

नेपाली कांग्रेस बैठक: नेतृत्व हस्तान्तरणबारे छलफलै भएन

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक शुक्रबार सानेपास्थित क्षतिग्रस्त केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। तर, सभापति शेरबहादुर देउवाको नेतृत्व हस्तान्तरण वा पार्टी पुनर्गठन सम्बन्धी विषय बैठकमा प्रवेश नै नगरी बैठक टुंगिएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस विषयमा कुनै छलफल नभएको स्पष्ट पारे। उनले भने,
“अहिले पार्टी पुनर्गठन गर्ने वा पुनर्संरचना गर्ने कुरा विपदका बेला साथीहरूका व्यक्तिगत अभिव्यक्ति हुन्। पार्टी विधानअनुसार नै सबै काम अघि बढ्छ।”

महाधिवेशन तयारीमा कांग्रेस

विश्वकर्माका अनुसार कांग्रेस अहिले १५औं महाधिवेशनको तयारीमै केन्द्रित छ। क्रियाशील सदस्यता बुझ्ने–बुझाउने प्रक्रिया जारी रहेको र विधानअनुसार नै संगठन र सञ्चालनका काम अघि बढाइने उनले जानकारी दिए।

उनले थपे, “जसरी मुलुक संचालनका लागि संविधानमा उभिएका छौं, पार्टी संचालन पनि विधानभित्र रहेर गर्ने हाम्रो मनशाय हो।”

बैठकको निष्कर्ष

  • नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनबारे कुनै छलफल भएन
  • औपचारिक निर्णय पनि लिइएन
  • महाधिवेशन तयारी नै मुख्य एजेन्डा रह्यो।

Leave a comment