
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीति विषयमा छलफल भएको छ।
छलफलमा मुख्य रूपमा भदौ २३–२४ पछि बदलिएको राजनीतिक परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित भएको छ।
विशेष महाधिवेशन वा नियमित महाधिवेशन?
नेता कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाएर विशेष महाधिवेशन वा छोटो प्रक्रियाबाट नियमित महाधिवेशनको निर्णय गर्नुपर्ने माग राखेका छन्।
यसैबीच, फागुन २१ मा हुने निर्वाचनको तयारीका लागि नयाँ नेतृत्वसहित जाने पक्षमा रहेका कोइराला र विशेष महाधिवेशनको पक्षमा रहेका महामन्त्री थापाबीच लामो छलफल भएको छ।
निकट स्रोतका अनुसार,
“दुई नेताबीच विशेष महाधिवेशन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ। नियमित महाधिवेशन अब भ्याउने सम्भावना कम देखिएको छ।”
यो छलफलले आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व परिवर्तन र पार्टी आन्तरिक स्थिरता कायम गर्ने दिशामा महत्त्वपूर्ण संकेत दिएको बताइएको छ।