Join our Channel

अपराध अनुसन्धान पहिलेजस्तो हुँदैन, दोषी कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री

अपराध अनुसन्धान पहिलेजस्तो हुँदैन, दोषी कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले अब अपराध अनुसन्धानलाई परिणाममुखी बनाइने स्पष्ट पारेका छन्। उनले विगतमा राजनीतिक आवरणका कारण रोकिएका मुद्दाहरूलाई समेत अघि बढाइने बताएका हुन्।

दोषीले उन्मुक्ति पाउँदैन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) निरीक्षणका क्रममा मन्त्री अर्यालले भने,
“कुनै दोषी कसैले उन्मुक्ति पाउँदैन। राजनीतिक सम्बन्धका आधारमा रोकिएका अपराधका मुद्दा पनि अब अनुसन्धान प्रक्रियामा जानेछन्।”

सुशासन प्रवर्द्धनमा जोड

गृहमन्त्रीले सुशासन प्रवर्द्धनलाई सरकारको प्रमुख लक्ष्य बताउँदै भने,
“राजनीतिक सम्बन्धका कारण विगतमा जे बिथोलिएको थियो, त्यो अब हुँदैन। यो सरकारको ‘म्यान्डेट’ नै सुशासन हो। शान्ति सुरक्षा बलियो नभएसम्म निर्वाचन सम्भव हुँदैन।”

व्यावसायिक अनुसन्धान आवश्यक

उनले अनुसन्धान गर्ने निकायलाई व्यावसायिकता प्रदर्शन गर्दै पारदर्शी ढंगले अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्।
उनका अनुसार, आगामी छ महिनाभित्र हुने निर्वाचनलाई लक्षित गर्दै शान्ति–सुरक्षा मजबुत बनाउन सरकार दृढ छ।

Leave a comment