Join our Channel

दसैँ घर र पूजा कोठामा आज कुष्माण्डा देवीको पूजा

दसैँ घर र पूजा कोठामा आज कुष्माण्डा देवीको पूजा

नवरात्रको पाँचौं दिनमा पनि दसैँ घर वा पूजा कोठामा कुष्माण्डा देवीको पूजा आराधना गरिँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, असोज ९ गते रातदिन (अहोरात्र) चौथी तिथि परेको थियो। आज बिहान ०६:३९ बजेसम्म पनि चौथी तिथि रहेको र सूर्योदय बिहान ०५:५४ बजे भएकोले, चौथो दिनकै कर्म आज पनि दोहोर्‍याउनुपर्ने छ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार, यस वर्ष चौथी तिथि वृद्धि भएकाले दुई दिनसम्म कुष्माण्डा देवीको आह्वान गरी पूजा आराधना गर्नुपर्ने छ।

नवरात्रको क्रम

  • पहिलो दिन (असोज ६): शैलपुत्री देवीको पूजा
  • दोस्रो दिन (असोज ७): ब्रह्मचारिणी देवीको पूजा
  • तेस्रो दिन (असोज ८): चन्द्रघण्टा देवीको पूजा
  • चौथो दिन (असोज ९) र पाँचौं दिन (असोज १०): कुष्माण्डा देवीको पूजा

धार्मिक महत्व

शक्तिपीठमा गई पूजाआराधना गर्दा मनोकामना पूरा हुने, विद्या, धन र शक्ति प्राप्त हुने शास्त्रीय मान्यता छ।

Leave a comment