
महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सडक भासिँदा पूर्व–पश्चिम यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बिहान साढे ५ बजे बर्दघाट नजिक खुर्सानी खोलामा सडक भासिएको हो ।
सडक भासिएपछि लु १ ख ५८२७ नम्बरको ट्रक त्यहीँ फसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।
उनका अनुसार दुर्घटनास्थलमा तत्कालै प्रहरी टोली खटिएको छ ।
सडक भासिएपछि महेन्द्र राजमार्गको बर्दघाटतर्फ जाने तथा आउने सैयौं सवारी साधन रोकिएका छन् ।
दाउन्ने खण्डमा सडक मर्मत कार्य सुरु नभएसम्म यात्रुहरूले केही समय वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने सम्भावना छ ।
प्रहरीले भनेको छ— उद्धार र सडक खुलाउने प्रयास भइरहेको छ । यात्रुहरूलाई सुरक्षित बस्न आग्रह गरिएको छ ।