Join our Channel

सुक्खा बन्दरगाह वीरगन्ज भन्सारमा गाभियो, सेवा एकीकृत ढंगले सुरु

सुक्खा बन्दरगाह वीरगन्ज भन्सारमा गाभियो, सेवा एकीकृत ढंगले सुरु

सिरसियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय अबदेखि औपचारिक रूपमा वीरगन्ज भन्सार कार्यालयमा गाभिएको छ। आजदेखि एकीकृत भन्सार सेवा प्रणाली अन्तर्गत एउटै कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको छ।

यसअघि वीरगन्ज भन्सार कार्यालय मातहत एकीकृत जाँच चौकी (ICD) र सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टाछुट्टै रूपमा सञ्चालनमा थिए। अब भने रेल्वे र्‍याकमार्फत आयात–निर्यात हुने सम्पूर्ण भन्सार प्रक्रिया एउटै कार्यालयबाट हुने भएको छ।

भन्सार कार्यालय प्रमुख दीपक लामिछानेका अनुसार संघीय सरकारको निर्णय अनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई वीरगन्ज भन्सारसँग गाभिएको हो।

प्रमुख बुँदाहरू:

  • एकीकृत सेवा प्रणालीले आयात–निर्यात प्रक्रिया सहज र पारदर्शी हुने अपेक्षा
  • रेल्वे र्‍याकमार्फत आउने र जाने सामानहरूको अब एउटै कार्यालयबाट भन्सार प्रक्रिया
  • सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा ४९ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो

सरकारको यो निर्णयले भन्सार प्रक्रिया सरल, पारदर्शी र दक्ष बनाउने विश्वास गरिएको छ।

Leave a comment