Join our Channel

२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

निर्वाचन आयोगले आगामी २१ फागुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।

आयोगले बजेट तयार गर्दा निर्वाचन सामग्री सूची तयार गर्दैछ। छठ पर्वपछि आवश्यक सामग्री खरिद सुरु गर्न र पुराना सामग्री प्रयोग गर्ने तयारी भइरहेको छ।

विशेष गरी हिमाली क्षेत्रमा चुनाव संचालन गर्न हेलिकप्टरबाट कर्मचारी खटाउने र सामग्री ढुवानी गर्ने आकस्मिक व्यवस्थापनका लागि पनि बजेट राखिने आयोगले जनाएको छ।

निर्वाचन आयोगको तयारीअनुसार एक हजार मतदाता भए एउटा मतदान केन्द्र स्थापना गरिनेछ। प्रत्येक मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने भएकाले सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ।

बजेटको अन्तिम टुंगो भने लागिसकेको छैन र आयोगले अर्थ मन्त्रालयसँग अन्तिम अनुमोदनका लागि पठाउने तयारी गरिरहेको छ।

Leave a comment