Join our Channel

कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ : महामन्त्री गगन थापा

कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ : महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र शुद्धीकरण आवश्यक रहेको बताउँदै, डर र लोभबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, “कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो। गल्ती व्यक्तिले गर्छ, पार्टीले होइन। जस्ले गल्ती गर्छ, त्यसैले भोग्नुपर्छ।”

थापाले बिपी कोइरालाको विचार अझै पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै पार्टी र अग्रज नेताहरूले बिपीको सिद्धान्तअनुसार काम गर्नुपर्नेमा जोड दिए।

थापाको मुख्य भनाइ:

  • “कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ।”
  • चुनावमा हारको डरले गठबन्धनको नाममा गलत सम्झौता गर्न नहुने।
  • सरकारमा रहनु वा नहरनु भन्दा पार्टीको शुद्धीकरण महत्त्वपूर्ण।

कार्यक्रममा सभापति दलबहादुर कार्की, प्रदेश ‘क’ का सभापति विमलकुमार होडालगायत नेताहरूले पनि बिपी कोइरालाको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका थिए।

Leave a comment