Join our Channel

जेनजी जागरण स्मारक पार्क बनाउने सरकारको निर्णय

जेनजी जागरण स्मारक पार्क बनाउने सरकारको निर्णय

सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा स्मारक पार्क निर्माण गर्ने निर्णय गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।

उनका अनुसार, पार्क निर्माण हुने स्थान पछि सुनिश्चित गरिने छ। मन्त्री अर्यालले भने,
“स्थान अहिल्यै सुनिश्चित भएको छैन। उहाँहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय भएको हो।”

यस निर्णयले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना स्थायी रूपले जगेर्ना गर्ने उद्देश्य राखेको सरकारको भनाइ छ।

Leave a comment