
जेनजी आन्दोलनका क्रममा देशभर ३० जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढी घाइते उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव डा. विकास देवकोटा का अनुसार हालसम्म देशभरका २९ अस्पतालमा ३० जनाको मृत्यु र १,०६१ जनाको उपचार भएको हो।
कहाँ-कहाँ मृत्यु?
- निजामती कर्मचारी अस्पताल : ६ जना
- राष्ट्रिय ट्रमा सेन्टर : ८ जना
- एभरेष्ट अस्पताल : ३ जना
- काठमाडौं मेडिकल कलेज सिनामंगल : २ जना
- त्रिवि शिक्षण अस्पताल : १ जना
- फ्रन्टलाइन अस्पताल : ३ जना
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान : २ जना
- भेरी अस्पताल : ५ जना
यसरी जम्मा ३० जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ।
घाइतेहरूको अवस्था
- कुल घाइते : १,०६१ जना
- अहिले पनि भर्ना भई उपचाररत : २७४ जना
- एक अस्पतालबाट अर्कोमा रिफर : ५६ जना
- उपचारपछि घर फर्किएका : ७१९ जना
कुन अस्पतालमा कति उपचाररत?
- निजामती कर्मचारी अस्पताल : ४८ जना
- ट्रमा सेन्टर : ५८ जना
- वीर अस्पताल : २० जना
- त्रिवि शिक्षण अस्पताल : २५ जना
- काठमाडौं मेडिकल कलेज : २४ जना
- वीरेन्द्र सैनिक अस्पताल : २६ जना
सबैभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पतालमा, १६१ जना ट्रमा सेन्टरमा र १०९ जना एभरेष्ट अस्पतालमा भएको सचिव देवकोटाले बताए।