
नेपालमा सुनको मूल्य शुक्रबार नयाँ उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) एक तोला सुनको मूल्य रु २ लाख ५८ हजार पुगेको हो।
अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला रु २ लाख ५० हजार ९०० मा कारोबार भइरहेको थियो। त्यसको तुलनामा आज सुनको मूल्य रु ७ हजार १०० ले वृद्धि भएको हो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला रु ३ हजार ३५० मा खरिद–बिक्री भइरहेको छ, जुन बिहीबारको रु ३ हजार २७५ भन्दा बढी हो।
महासंघले विश्व बजारमा सुनको मूल्यमा भएको बढोत्तरी र अमेरिकी अर्थतन्त्रसँग सम्बन्धित आर्थिक सूचकांकको असरले नेपाली बजारमा पनि मूल्य बढेको जनाएको छ।