Join our Channel

गोरखामा ४ रिक्टर स्केलको भूकम्प

गोरखामा ४ रिक्टर स्केलको भूकम्प

आज बिहान गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु बनाएर ४.० रिक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्प बिहान ६:१५ बजे गएको हो।

यसअघि भदौ १ गते रामेछापको हेलम्चो क्षेत्रमा पनि ४.० रिक्टर स्केलको भूकम्प गएको थियो। पछिल्ला दिनमा नेपालमा साना रेक्टर स्केलका भूकम्पहरू निरन्तर अनुभव भइरहेका छन्। नेपाल हिमालयन क्षेत्रमा अवस्थित भएकाले भूकम्प जोखिमको क्षेत्रमा पर्ने गर्दछ।

हालसम्म गोरखाको यस भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

Leave a comment