Join our Channel

गुल्मीमा यात्रुबाहक बस दुर्घटना, १६ जना घाइते

गुल्मीमा यात्रुबाहक बस दुर्घटना, १६ जना घाइते

गुल्मीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। सोमबार बुटवलबाट मालिका गाउँपालिका–५ अर्जै छापतर्फ गइरहेको लु१ख ७७७६ नम्बरको बस रेसुङ्गा नगरपालिका–४ स्थित छल्दीपनाहमा दुर्घटनाग्रस्त भएको हो।

प्रहरीका अनुसार बस ओरोला र घुम्तीमा ब्रेक फेल भएपछि सडकबाट करिब पाँच मिटर तल खसेको हो।

घाइतेमध्ये सहचालक ३१ वर्षीय दीपक पराजुलीलाई खुट्टामा गहिरो चोट लागेकाले थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको छ।
अन्य १२ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको र ३ जना उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए।

घाइतेहरूको विवरण (नामसहित)

  • इस्मा गाउँपालिका–६, अमरपुर
    • २१ वर्षीय नबिन महत
    • २२ वर्षीय रेशम भण्डारी
    • ७३ वर्षीय हरिकला कुमाल
    • ४३ वर्षीय राधिका बस्नेत
    • २२ वर्षीय कोपिला बस्नेत
    • १७ वर्षीय अनिल बस्नेत
    • ३३ वर्षीय सरिता कुमाल
    • ११ वर्षीय कृष्ण कुमाल
    • ३९ वर्षीय सन्त बहादुर कुमाल
    • ७८ वर्षीय चन्द्री कुमाल
    • ईश्वर कुमाल
    • ३३ वर्षीय सरिता महत
    • १३ वर्षीय सचिन महत
  • मालिका गाउँपालिका–६
    • ३५ वर्षीय लक्ष्मी बिष्ट

थप जानकारी

दुर्घटनामा घाइते हुने सबै गुल्मीका स्थानीय भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a comment