Join our Channel

गुल्मीमा बाढीपहिरो: तीन मुख्य सडक अवरुद्ध, सतर्कता अपनाउन आग्रह

गुल्मीमा बाढीपहिरो: तीन मुख्य सडक अवरुद्ध, सतर्कता अपनाउन आग्रह

लगातारको अविरल वर्षाका कारण गुल्मी जिल्लाका तीनवटा मुख्य सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। पहिरो र बाढीले कालीगण्डकी करिडोर, रिडी–तम्घास, र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि बन्द छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अहिले पनि वर्षा निरन्तर भइरहेकाले सडक सुचारु गर्न तत्काल सम्भव छैन। जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रमा रहने सबै नागरिकलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

मुख्य प्रभावित क्षेत्रहरू

  1. कालीगण्डकी करिडोर सडक:
    • कालीगण्डकी गाउँपालिका–१ (गरगरे), वडा २ (मिल्क), र वडा ३ (कनौटा) मा पहिरोले सडक पूर्णरूपमा बन्द
  2. रिडी–तम्घास सडक:
    • रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो
  3. रिडी–वामीटक्सार सडक:
    • सत्यवती गाउँपालिका–६ (डहरे खोला) र वडा ५ (बादरेभीर) मा बाढी र पहिरो

जोखिमको स्थिति

  • बडिगाड खोलामा जलसतह उच्च
  • लगातारको वर्षाले गर्दा थप पहिरो खस्ने जोखिम
  • करिब २०० स्थान उच्च जोखिममा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिको जानकारी।

प्रशासनको अनुरोध

  • तटीय क्षेत्रका नागरिकले सर्तकता अपनाउन
  • पहिरो प्रभावित क्षेत्रबाट यथासक्य सुरक्षित स्थानमा बसोबास गर्न
  • तत्काल यात्रा नगर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह।

Leave a comment