Join our Channel

लुम्बिनी, कर्णाली र बागमती प्रदेशको केही स्थानमा आज भारी वर्षा हुने

लुम्बिनी, कर्णाली र बागमती प्रदेशको केही स्थानमा आज भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी प्रदेशको तराई भू-भाग, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

आजको मौसम स्थिति

  • देशभर हाल मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहने भएकाले अधिकांश स्थानमा बदली रहनेछ।
  • बिहान जारी बुलेटिनअनुसार, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराई क्षेत्रका केही भू-भागमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
  • मधेश प्रदेशसहित बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रमा पनि थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

राति पनि भारी वर्षाको सम्भावना

  • आज राति कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
  • अन्य स्थानहरूमा भने मध्यम वर्षा हुने सम्भावना छ।

आगामी तीन दिन उच्च सतर्कता

  • विभागले १७ जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारततर्फ सर्दैछ।
  • सो प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने भएकाले असोज १७–२० सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि अत्यधिक सक्रिय हुने सम्भावना छ।

आज लुम्बिनी, कर्णाली र बागमती प्रदेशका केही भू-भागमा भारी वर्षा हुने भएकाले स्थानीयबासीलाई सतर्क रहन विभागले सुझाव दिएको छ। आगामी तीन दिन विशेष गरी १७ जिल्लामा उच्च सतर्कता आवश्यक रहनेछ।

Leave a comment