Join our Channel

आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

आज वर्षा र सहकालका देवता देवराज इन्द्रको आराधना गरी इन्द्रजात्रा पर्व परम्परागत रूपमा मनाइँदैछ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ उपत्यका, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा विशेष रूपमा मनाइन्छ।

मुख्य आकर्षणहरू:

  • इन्द्रध्वजोत्थान: हनुमानढोकामा लिङ्गो ठड्याइएपछि आठदिनसम्म पर्व सुरु।
  • रथयात्रा: श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा, राष्ट्रपति वा पूर्वमा राजाले नजर गर्ने परम्परा।
  • नाचगान: भक्कु नाच, महाकालीनाच, लाखे नाच, दशअवतार नाच र पुलुकिसी नाच।
  • इन्द्रदह मेला: भक्तजन आज रातभर जाग्राम बसेर भाद्र शुक्ल पूर्णिमामा स्नान गर्न दहचोकस्थित इन्द्रदह पुग्ने परम्परा।

अनन्त चतुर्दशी पनि आजै
यस दिन भगवान् विष्णुको पूजा–आराधना गरी चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्ने प्रचलन छ। यसले वर्षभर शुभ हुने विश्वास गरिन्छ।

Leave a comment