Join our Channel

इरानका सर्वोच्च नेता खामेनेईकी श्रीमतीको पनि मृत्यु पुष्टि

इरानका सर्वोच्च नेता खामेनेईकी श्रीमतीको पनि मृत्यु पुष्टि

इरानको सरकारी टेलिभिजनले इरानका सर्वोच्च नेता Ayatollah Ali Khameneiकी श्रीमती Mansoureh Khojasteh Bagherzadehको मृत्यु भएको पुष्टि गरेको छ। पछिल्ला दिनमा अमेरिका र इसरायलसँग चर्किएको द्वन्द्वका क्रममा भएको आक्रमणमा उनी घाइते भई उपचारका क्रममा ज्यान गुमाएको जनाइएको छ।

बीबीसी फारसी सेवाका अनुसार ‘हमशहरी’ अखबारले यसअघि खामेनेईकी श्रीमती आक्रमणमा गम्भीर घाइते भई कोमामा रहेको उल्लेख गरेको थियो। पछि सरकारी स्रोतले उनको निधन भएको औपचारिक पुष्टि गरेको हो।

यसअघि इरानका सर्वोच्च नेता खामेनेई अमेरिका र इसरायलको संयुक्त आक्रमणमा मारिएको समाचार सार्वजनिक भएको थियो। सो आक्रमणमा खामेनेईका परिवारका अन्य सदस्यहरू तथा इरानको इस्लामी शासन व्यवस्थासँग सम्बन्धित केही वरिष्ठ नेताहरू पनि मारिएको जनाइएको छ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच आएको यस घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले घटनाबारे चासो व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरिरहेको छ।

Leave a comment