Join our Channel

इटाली र अजरबैजान रोजगारीका नाममा लाखौं ठगी गर्ने दुईजना काठमाडौंमा पक्राउ

इटाली र अजरबैजान रोजगारीका नाममा लाखौं ठगी गर्ने दुईजना काठमाडौंमा पक्राउ

वैदेशिक रोजगारीमा इटाली र अजरबैजान पठाइदिने भन्दै नेपाली नागरिकबाट लाखौं रुपैयाँ ठगी गर्ने दुईजना काठमाडौंमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ का १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ का ३७ वर्षीय सरेश गुरुङ रहेका छन्।

दर्शन खडकाले इटाली पठाइदिन्छु भनेर ३ जनाबाट ६ लाख रुपैयाँ उठाएका थिए भने सरेश गुरुङले अजरबैजान पठाउने नाममा २ जनाबाट ४ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनीहरूले पीडितहरूसँग सम्पर्क विच्छेद गरेका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले दर्शनलाई बुधबार काठमाडौं महानगरपालिका–७ बाट र सरेशलाई मंगलबार काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाएको छ।

Leave a comment