
झापामा दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते
मेचिनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल ठोक्किँदा अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीया निर्मला विक र उनकी १७ वर्षीया छोरी दिपा विक घाइते भएका छन्। दुबैजनाको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको छ।
अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित सवारीसाधन नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।