
जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई प्रदेश समितिको अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ भने आज (कार्तिक १ गते) सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको छ।
पार्टी प्रचार विभागका अनुसार कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन जसपा नेपालका महासचिव रामकुमार शर्माले गर्ने कार्यक्रम तय भएको छ।
जसपा नेपालले यसअघि कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ।
- कोशी प्रदेश समितिको अधिवेशनबाट दीपक याक्खा अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
- उपाध्यक्ष: अनील ठाकुर, हस्तशोधा राई, विष्णुकुमार लावती
- मुख्य सचिव: घनश्याम कटुवाल
- सचिवहरू: आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली
- कोषाध्यक्ष: केशब जवेगू
- मधेश प्रदेश समितिमा अध्यक्षमा बालकिशोरप्रसाद यादव, मुख्य सचिवमा ज्ञानेन्द्र यादव, र कोषाध्यक्षमा विष्णु साह निर्विरोध निर्वाचित भएका छन्। बाँकी पदाधिकारी र सदस्य चयन प्रक्रियामा छन्।
यसैबीच, लुम्बिनी प्रदेश समितिले पनि अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ। उक्त अधिवेशन कार्तिक २९ र ३० गते भैरहवामा हुने निर्णय गरिएको छ।
जसपा नेपालको बाँकी प्रदेश समितिहरूले पनि क्रमशः अधिवेशन तयारी तीव्र पारेका छन्।