
बागलुङ जिल्लामा लगातारको भारी वर्षासँगै आएको पहिरोले कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
परेजिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङ क्षेत्रमा ठूलो पहिरो खसेपछि करिडोर अवरुद्ध भएको हो ।
उनी भन्छन्, “वर्षा अझै नरोकिएकाले अहिले नै सडक खुलाउन सकिने अवस्था छैन, पानी रोकिएपछि मात्रै पहिरो हटाउने काम अघि बढाइनेछ ।”
केही स्थानमा सडक भासिएको समेत जनाइएको छ ।
स्थानीय प्रशासनका अनुसार करिडोरको यो खण्डमा सडक मर्मत कठिन रहेको छ, र सडक कहिले खुल्ने भन्ने टुंगो हालसम्म छैन ।
पछिल्लो समय भारी वर्षाका कारण देशका धेरै स्थानमा पहिरो र सडक अवरोधका समस्या देखिएका छन् ।
कालीगण्डकी करिडोर अवरुद्ध भएपछि यात्रुहरूलाई वैकल्पिक मार्ग रोज्न आग्रह गरिएको छ ।