
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्काल राहदानी (passport) र राष्ट्रिय परिचयपत्र (National ID Card) वितरण सेवा अनिश्चितकालका लागि रोक्ने निर्णय गरेको छ।
गत भदौ २४ गते जेनजी समूहको प्रदर्शनका क्रममा भएको आगजनीले कार्यालयको संरचना र अभिलेखहरू जलेर नष्ट भएपछि सेवा प्रवाह प्रभावित भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार कार्यालयलाई पूर्ववत अवस्थामा ल्याउन अधिकतम प्रयास भइरहेको भए पनि तत्काल सेवा दिन असमर्थ भएको बताइयो।
कार्यालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक अवस्थामा नागरिकले अन्य विकल्पीय कार्यालयबाट सेवा लिन आग्रह गरेको छ।
राष्ट्रिय परिचयपत्र सेवाको लागि – नारायणहिटी दरबारस्थित सेवा इकाई
राहदानी सेवाको लागि – राहदानी विभाग, त्रिपुरेश्वर