Join our Channel

ओलीपछि नेतृत्व विद्यमान पंक्तिबाटै आउँछ : खगराज अधिकारीको दाबी

ओलीपछि नेतृत्व विद्यमान पंक्तिबाटै आउँछ : खगराज अधिकारीको दाबी

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीपछिको नेतृत्व हालको कार्यकारी पंक्तिबाटै आउने स्पष्ट पारेका छन्।

प्रेस चौतारी नेपाल, गण्डकीद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने चर्चा प्रति असहमति जनाए। उनले भण्डारीको नाम सिधै उल्लेख नगरे पनि, वर्तमान पदाधिकारीहरूमध्ये नेतृत्व सम्हाल्ने सामर्थ्य भएकाहरू प्रशस्त रहेको बताए।

“नेकपा एमालेमा केपी ओलीपछि नेतृत्व सम्हाल्न सक्ने सामर्थ्य विद्यमान नेतृत्व पंक्तिमै छन्। सबै पदाधिकारीहरू योग्य हुनुहुन्छ, म उहाँहरूलाई सलाम दिन्छु,” उनले भने।

अधिकारीले पार्टी एकतामा जोड दिँदै एमाले अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

ओली राष्ट्रका नेता : अधिकारी

कार्यक्रममा अधिकारीले केपी ओलीलाई केवल एमालेका मात्र नभई, सम्पूर्ण राष्ट्रको नेता भन्दै राष्ट्रवादको पहरेदारको रूपमा चित्रण गरे।

“प्रधानमन्त्री ओली राष्ट्रियताको पहरेदार हुनुहुन्छ। उहाँको नेतृत्व राष्ट्रिय हितमा केन्द्रित छ,” उनले उल्लेख गरे।

Leave a comment