Join our Channel

कोरिया रोजगार: रोस्टरमा रहेकाहरूलाई कसले इस्सु गराउँछ ?

कोरिया रोजगार: रोस्टरमा रहेकाहरूलाई कसले इस्सु गराउँछ ?

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम चढाएका नेपाली कामदारहरूलाई इस्सु गराइदिन्छौं भन्दै ठगी गर्ने समूह सक्रिय भएको पाइएको छ। यस विषयमा EPS कोरिया शाखाले शनिबार सूचना जारी गर्दै सावधान रहन आग्रह गरेको छ।

EPS शाखाको चेतावनी

  • सामाजिक सञ्जालमार्फत “रोस्टरमा नाम छ, इस्सु गराइदिन्छौं” भन्ने गुनासो आउन थालेपछि शाखाले स्पष्टिकरण दिएको हो।
  • शाखाले भनेको छ, इस्सु गराउने सम्पूर्ण प्रक्रिया कोरियाबाट मात्र हुन्छ, नेपालस्थित कार्यालयले यसमा कुनै भूमिका खेल्दैन।

परीक्षा पश्चात प्रक्रिया

EPS कोरिया शाखाका अनुसार,

  1. एचआरडी कोरियाले भाषा परीक्षा लिन्छ।
  2. उत्तीर्ण भएका व्यक्तिको फाइल नेपालले कोरियामा पठाउँछ।
  3. कोरियाले फाइल रुजु गरी रोस्टरमा नाम चढाउँछ।
  4. सेन्टरले रोजगारदाता समक्ष फाइल पुर्‍याउँछ।
  5. रोजगारदाताले इस्सु गर्ने, श्रम करार पठाउने काम गर्छ।
  6. छनौटको जानकारी प्रत्यक्ष रूपमा कामदारको EPS ID मा पठाइन्छ।

यसरी हेर्दा इस्सु गर्ने अधिकार केवल कोरियन रोजगारदाता र सम्बन्धित निकायसँग मात्र हुन्छ, नेपालस्थित कुनै व्यक्ति वा संस्थाले यसमा हस्तक्षेप गर्न सक्दैन।

महत्वपूर्ण जानकारी

  • कोरियन भाषा परीक्षा उत्तीर्ण भए पनि रोजगारीको ग्यारेन्टी हुँदैन।
  • कोरियाले तोकिएको कोटा भन्दा तेब्बर बढी संख्यामा भाषा उत्तीर्ण गराउँछ।
  • त्यसैले सबै उत्तीर्णले रोजगारी पाउने छैनन्।

तथ्याङ्क

सन् २००७ मा नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (EPS) सम्झौता भएयता हालसम्म १ लाख २० हजारभन्दा बढी नेपाली कामदार कोरिया गइसकेका छन्।

Leave a comment